Kathmandu Press

वाढी पहिरोको जोखिम सामना गर्न र सम्पूर्ण तयारीमा जुटन कांग्रेसको अपिल 

काठमाडौं, असार ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाढी पहिरोको जोखिम आगामी दिनमा थप वढन सक्ने भन्दै देशभर सबैलाई सजग भएर यसको सामना...
वाढी पहिरोको जोखिम सामना गर्न र सम्पूर्ण तयारीमा जुटन कांग्रेसको अपिल 

काठमाडौं, असार ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाढी पहिरोको जोखिम आगामी दिनमा थप वढन सक्ने भन्दै देशभर सबैलाई सजग भएर यसको सामना गर्न र सम्पूर्ण तयारीमा जुटन अपिल गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले नीय पार्टी पंक्तिलाई सकृयतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आव्हान गर्दै सरकारका तीनवटै तहहरुलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुटन आग्रह गरेको हो ।

Hardik ivf

हरेक वर्षायाममा आउने यस प्रकारको विपत्तिवाट जोगिन पूर्व तयारीमा जुटनु पर्ने सरकार गैर जिम्मेवार र असंवेदनशील हुनुले यस्तो दुःखद नियतिको शिकार सिंगो मुलुक र नागरिकहरु हुनु परेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण समेत गराएको छ । यस्तै कांग्रेसले कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा गम्भीर हुन भन्दै लकडाउनका कारण आर्थिक संकटमा परेका निम्न वर्ग र श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।

यस्तै, नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ आषाढ १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी आफ्ना वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले जेष्ठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ति अमर्यादित भएको ठहर गर्दै तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको कांग्रेसले जनाएको छ।  वैद्यले आफूले बोलेको कुरा फिर्ता लिई जेष्ठ २९ गतेको प्रदेश सभा बैठकमा संसदको रेकर्डबाट हटाउन माग गरेपछि सो अभिव्यक्ति संसदको रेकर्डबाट हटिसकेकोले उक्त विषयलाई लिएर आग्रहका साथ वैद्य विरुद्ध दिएको जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि वढाउन खोज्ने वदनियत देखिएको कांग्रेसको ठहर छ । 

प्रकाशित मिति: २१:२७ बजे, बिहीबार, असार ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्