अनुप र नम्रताको पहिलो लाइभ रोमान्टिक नृत्य
काठमाडौं, असार १२ : अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुप विक्रम शाहीको रोमान्टिक केमिस्ट्रीले भरिएको जाइराको गीत रिलिज भएको छ। ठमेलस्थित एलओडी....

काठमाडौं, असार १२ : अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुप विक्रम शाहीको रोमान्टिक केमिस्ट्रीले भरिएको जाइराको गीत रिलिज भएको छ। ठमेलस्थित एलओडी कल्बमा बिहीबार विशेष कार्यक्रम गरी ‘आँखैले बोल्छ’ बोलको गीत रिलिज गरिएको हो।

रिभेन्ज लभ स्टोरी जनराको फिल्म जाइरामार्फत पहिलोपटक नम्रता र अनुपले अनस्क्रिन रोमान्स गरेका हुन्। जाइराले अरु फिल्म टिमले भन्दा अलग तरिकाले गीत रिलिज कार्यक्रम राखेको थियो। जसमा अनुप र नम्रताले सोही गीतमा लाइभ प्रस्तुति पनि दिएका थिए। उक्त लाइभ नृत्यको कोरियोग्राफी गोविन्द राईले गरेका हुन्। यो लाइभ नृत्यका लागि नम्रता र अनुपले चार दिन रिहर्सल गरेको पनि बताए।

लाइभ र रियल दुबैमा यी दुईको हट केमिस्ट्रीले उपस्थित सबैको ध्यान तानेको थियो। रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा सन्तोष लामाले स्वर भरेका छन्। आशुषोतकै कथा रहेको चलचित्रमा पटकथा आशुतोष र निरोज महर्जनको छ। नम्रता श्रेष्ठ नै निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रसन्न गोपाली हुन्। नायिका नम्रता श्रेष्ठले यो फिल्मका लागि करिब ८ महिना मार्सल आर्ट सिकेकी थिइन्।
गीतको भिडियो हेर्नुस्:












