पछिल्लो २४ घण्टामा २६०७ जना कोरोना संक्रमित थपिए, ३९ को मृत्यु
जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं, असार ३ : पछिल्लो २४ घण्टामा २६०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जना संक्रमित थपिएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।
यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ।
प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











