Kathmandu Press

नेपाल समूहद्वारा गरियो झलनाथ खनालको स्वास्थ्य लाभको कामना

काठमाडौं, असार ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन्।सो समूहको आज (बिहीबार)...
नेपाल समूहद्वारा गरियो झलनाथ खनालको स्वास्थ्य लाभको कामना

काठमाडौं, असार ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन्।

सो समूहको आज (बिहीबार) आयोजित स्थायी कमिटीको भर्चुअल बैठकले खनालको स्वास्थ्यलाभको कामना गरेको हो।

बैठकपछि नेपाल समूहके स्थायी कमिटीका १४ सदस्यहरूले संयुक्त वक्तव्य निकालेर खनालको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। त्यहाँस्थित एपोलो अस्पतालमा उनको उपचार भइरहेको छ। 

बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको पनि स्वास्थ्यलाभको कामना गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समययता काठमाडौंमै एक अस्पतालमा भर्ना भई उपचारत छन्।

अविरल वर्षले निम्तििएको बाढीपहिरोको प्रकोपमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना पनि प्रकट गरिएको जनाइएको छ।

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्