Kathmandu Press

नेता नेपालले डाके स्थायी कमिटी बैठक

काठमाडौं, असार ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय स्थायी कमिटीको बैठक डाकेका छन्।आज (बिहीबार) केही समयपछि नै भर्चुअल रूपमा बैठक...
नेता नेपालले डाके स्थायी कमिटी बैठक

काठमाडौं, असार ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय स्थायी कमिटीको बैठक डाकेका छन्।

आज (बिहीबार) केही समयपछि नै भर्चुअल रूपमा बैठक सम्पन्न हुने नेपालनिकट स्रोतले जनाएको छ।

आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने बताइएको छ।

केही दिनयताको अविरल वर्षका कारण बाढीपहिरोले देशका विभिन्न भूभागमा पु¥याएको क्षतिबारे पनि बैठकमा छलफल हुनेछ।

स्रोतका अनुसार पार्टीभित्रका जटिलताबारे पनि आजको बैठकमा छलफल हुनेछ।  

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्