Kathmandu Press

बेइजिङका ८० प्रतिशत बयस्कलाई कोभिड खोप

चीनको राजधानी बेइजिङका ८० प्रतिशत बयस्कलाई कोभिड-१९ विरुद्ध खोप दिइएको अधिकारीहरूले जनाएका छन्।
बेइजिङका ८० प्रतिशत बयस्कलाई कोभिड खोप

बेइजिङ, असार ३ : चीनको राजधानी बेइजिङका ८० प्रतिशत बयस्कलाई कोभिड-१९ विरुद्ध खोप दिइएको अधिकारीहरूले जनाएका छन्।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था ब्लुमबर्ग डट कमले जनाएअनुसार कोभिड-१९ विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने सहरमध्ये बेइजिङ अग्रपंक्तिमा छ।

Hardik ivf

बेइजिङमा हालसम्म तीन करोड ३४ लाख डोज खोप दिइसकिएको छ। बुधबारसम्ममा बेइजिङका एक करोड ५६ लाख जनाले पूर्ण खोप पाइसकेका छन्।

अमेरिकाको न्यूयोर्क महानगरले हालसम्म आफ्ना ४६.८ प्रतिशत नागरिकलाई मात्र खोप दिन सकेको छ। यस्तै, लन्डनमा ३४.८ र सिंगापुरमा ३४.८ प्रतिशत नागरिकले खोप पाएका छन्।

जापानको टोकियोमा भने खोप पाउने नागरिक चार प्रतिशत मात्र छन्। यस्तै, हङकङमा १६.३ प्रतिशत नागरिकले खोप पाएका छन्।

चीनमा मंगलबारसम्ममा ९२ करोड ३० लाख डोज खोप दिइसकिएको छ। आगामी सातासम्ममा एक अर्ब डोज खोप दिइसक्ने लक्ष्य चीन सरकारको छ।
 

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्