स्वाभिमान सिन्धुलीले दियो जिल्ला रेडक्रसलाई राहत
सिन्धुली, असार ३ : नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ।स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज रेडक्रसलाई...
सिन्धुली, असार ३ : नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ।
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज रेडक्रसलाई हस्तान्तरण गरिएको हो ।
सिन्धुलीमाडीमा आज (बिहीबार) आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले १ सय ५१ थान राहत प्याकेज रेडक्रस सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
समाजसेवी उज्वलविक्रम थापा, अस्पताल विकास समितिका अध्यक्ष पोखरेललगायतको समूहले सो अभियानको थालनी गरेका हुन्।
रेडक्रसलाई बुझाइएको राहत प्याकेजको एक थानमा १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक लिटर तेल र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्य इन्द्र भुजेलले जानकारी दिए।
प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












