प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिँदै १५ लाख फिरौती माग गर्ने एक जना पक्राउ
पर्सा, असार ३ : गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख फिरौती माग गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको सुवर्ण...
पर्सा, असार ३ : गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख फिरौती माग गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव रहेका छन् ।
पक्राउ परेका आरोपी यादवले जिल्लाको सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई अपरिचित नम्बरबाट १५ लाख फिरौती माग गरी,नदिए हत्या गर्ने धम्की दिएका थिए ।
अधिकृत श्रीवास्तवलाई ज्यान मार्ने धम्की सहित यादवले फिरौती मागेको अडियोसहितको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ती युवकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
यादव सोही गाउँपालिकामा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार यादवमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १०:४० बजे, बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











