Kathmandu Press

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडाैं, असार ३ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ। 

अध्यक्ष उपेन्द्र यादवले आज बिहान ११ः३० बजे केन्द्रीय कार्याल्य, बालकुमारीमा केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ। 

त्यस्तै, निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा पनि छलफल हुने भएको छ। निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक–अर्कालाई कारबाही गरेको विषयलाई मान्यता दिएको थिएन। 

यससँगै सरकारमा सहभागी मन्त्रीलाई सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने जनाएको छ। ठाकुर पक्षका ११ जना संघीय सरकारमा मन्त्री छन्। उनीहरूलाई यादव पक्षले सात दिने स्पष्टीकरण सोधेको थियो। 

प्रकाशित मिति: ०८:४० बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्