Kathmandu Press

गोरखामा बाढीले चार घर बगायो, सात घर जोखिममा

काठमाडौं, असार २ : गोरखाको चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ ।आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले...
गोरखामा बाढीले चार घर बगायो, सात घर जोखिममा

काठमाडौं, असार २ : गोरखाको चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ ।

आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ ।

विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको उनको  भनाइ छ ।

त्यस्तै सल्लेरीमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्पसमेत बाढीको उच्च जोखिममा परेको छ । 

प्रकाशित मिति: २०:०० बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्