Kathmandu Press

गभर्नरले २८ वाणिज्य बैंकका सिइओलाई भने- मौद्रिक नीति अघि नै मर्जरका लागि जोडी खोज्नुहोस्

काठमाडौं, असार १२ : नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवि नेपालले बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएका छन। गभर्नर नेपालले आगामी आर्थिक वर्षको मौद्....

गभर्नरले २८ वाणिज्य बैंकका सिइओलाई भने- मौद्रिक नीति अघि नै मर्जरका लागि जोडी खोज्नुहोस्

काठमाडौं, असार १२ : नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवि नेपालले बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएका छन। गभर्नर नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनु अघि नै मर्जर र एक्वारका लागि सहमति गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएका हुन्।

राष्ट्र बैंकले आगामी असार २७ गते मौद्रिक नीति ल्याउने तयारी गरेको छ। उनले २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई बिहीबार भेला गरेर मौद्रिक नीति आउनुभन्दा अघि मर्जरको लागि जोडी खोज्न निर्देशन दिएका हुन्।

आगामी मौद्रिक नीतिमा बिग मर्जरलाई प्राथमिकता दिने उनले स्पष्ट पारे।  मौद्रीक नीति अघि नै मर्जरमा जाने आशयपत्र राष्ट्र बैंककमा पठाउन समेत उनले निर्देशन दिएका छन्।

आशयपत्रका आधारमा केन्द्रीय बैंकले मर्जरमा जान नीतिगत निर्णय लिने समेत नेपालले बताए। राष्ट्र बैंकले २८ वटा वाणिज्य बैंकहरुलाई बिग मर्जरमार्फत १५ वटामा झार्ने नीति लिने तयारी गरेको छ।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, असार १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्