Kathmandu Press

बाढीप्रभावितलाई तत्काल राहत व्यवस्थापन गर्न मेलम्ची नगरप्रमुखको आग्रह

मेलम्ची, असार २ : मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्ची बजार डुब्दै जान थालेपछि आफूहरु त्रसित  बनेको बताउँदै बाढीप्रभावितलाई तत्काल राहत व्यवस्थापन र...
बाढीप्रभावितलाई तत्काल राहत व्यवस्थापन गर्न मेलम्ची नगरप्रमुखको आग्रह

मेलम्ची, असार २ : मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्ची बजार डुब्दै जान थालेपछि आफूहरु त्रसित  बनेको बताउँदै बाढीप्रभावितलाई तत्काल राहत व्यवस्थापन र पुनःस्थापना गर्न आग्रह गरेका छन्।

आज (बुधबार) उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासित प्रदेशसभा सदस्यहरुको समेत उपस्थितिमा बाढीले पुर्याएको क्षतिबारे छलफल गरे।

उनले मेलम्ची नगरपालिकामा ३ सय र नेपाली सेनाको ब्यारेकमा ३ सय  गरी ६ सय जनालाई तत्काल खाना व्यवस्था गरिएको जानकारी दिए। 

सभामुख सापकोटा क्षतिबारे जानकारी लिन आज बिहान सेनाको हेलिकोप्टरबाट मेलम्ची आएका हुन्। उनले बाढीबाट प्रभावित स्थानीयसँग कुराकानी पनि गरे। 

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो वितण्डा मच्चाएको छ। मेलम्ची बजार जगमग्न हुँदा धेरै पिरवा् विस्थापित भएका छन्। 

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्