Kathmandu Press

प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा

डडेलधुरा, असार २ : डडेल्धुरामा पाँच दिनदेखिको लगातार वर्षाका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ।महाभारतका चर्चित पात्र भीमका हिडिम्बातर्फका पुत्र...
प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा

डडेलधुरा, असार २ : डडेल्धुरामा पाँच दिनदेखिको लगातार वर्षाका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ।

महाभारतका चर्चित पात्र भीमका हिडिम्बातर्फका पुत्र ‘घटोत्कच’का नामले घटालथान परिचित छ।

पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको अमरगढी नगरपालिका-३ डोटीखोलामा अवस्थित घटालथानमा वर्षाले सो क्षेत्रमा निर्माणाधीन संरचनासहित धरापमा परेको स्थानीयवासी राजेन्द्र जैसीले बताए।

खोलामा वर्षातको पानीको सतह बढेपछि १ करोड ४१ लाखमा निर्माण भएको प्यारापिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसी ढलानलगायत पर्यटक विश्रामस्थल डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र सङ्कटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिए। 

प्रकाशित मिति: १२:१० बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्