Kathmandu Press

कर्णाली प्रदेशमा कोरोना नियन्त्रणका लागि ५३ करोड बजेट 

काठमाडौं, असार १ : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८ ०७९ को लागि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार प्रदेश...
कर्णाली प्रदेशमा कोरोना नियन्त्रणका लागि ५३ करोड बजेट 

काठमाडौं, असार १ : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८ ०७९ को लागि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार प्रदेश सभामा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

बजेट धेरै स्वास्थ्य तथा कोभिड महामारी रोकथाममा केन्द्रित छ। बजेट कोभिड–१९ को प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको बजेटमा ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिवी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित गर्दै बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

Hardik ivf

त्यस्तै कर्णालीमा दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको बजेटमा उल्लेख छ।कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ।

प्रदेश अस्पताल सुर्खेतलाई ५०० शैया, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शैया, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शैयामा स्तरोन्नतिका साथै प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने बजेटमा उल्लेख छ। त्यस्तै कोरोना महामारीबाट बचाउन नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको छ। 

प्रकाशित मिति: २०:०९ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्