Kathmandu Press

सबै पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न माग

काठमाडौं, असार १ : स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।प्रेस काउन्सिल नेपालले आज आयोजना...
सबै पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न माग

काठमाडौं, असार १ : स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो कखोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि  काउन्सिल पत्रकारको साथमै रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गर्ने जानकारी दिए।  पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने जनाउँदै अध्यक्ष बस्नेतले लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।

काउन्सिलका सदस्य हरिप्रसाद जोशीले काउन्सिलबाट प्रदेशभरका पत्रकारको अवस्था र पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए । 

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्