नेपालभाषा विषय अनिवार्य गराउन मध्यपुर थिमिका मेयरको ध्यानाकर्षण
काठमाडौं, असार १ : मध्यपुर थिमिका मेयर मदन सुन्दर श्रेष्ठलाई विद्यालयहरुमा मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउन ध्यानाकर्षण पत्र बुझाइएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषाको...
काठमाडौं, असार १ : मध्यपुर थिमिका मेयर मदन सुन्दर श्रेष्ठलाई विद्यालयहरुमा मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउन ध्यानाकर्षण पत्र बुझाइएको छ ।
विद्यालयस्तरमा स्थानिय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन्। विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष तथा नगर प्रमुख श्रेष्ठलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको हो।
उक्त कार्यक्रममा मेयर श्रेष्ठले आगामी असार ७ गतेदेखि सुरु हुने मध्यपुर थिमिको नगर परिषद्को बैठकमा प्रस्तावको रुपमा पेश गर्ने, अहिलेको लागि नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट विनियोजन गराउने, अहिलेको अवस्थामा आधार नबनि सकेको भएपनि निकट भविष्यमा आवश्यक कार्यदल बनाएर स्थानिय मातृभाषा (राष्ट्र भाषा)लाई कार्यान्वयन गराउने, पाठ्यक्रम घोषणा मात्र गरेर पुग्ने त्यसको लागि आवश्यक तयारी गरेर अगाडि बढ्ने विषयलाई उठाएका छन्।
यस्तै नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयको लागि दु्ई वर्ष अघि नै आधारभूत तहको स्थानिय पाठ्यक्रम बनाएको भएपनि पूर्ण रुपमा कार्यान्वयन गराउनमा कठिन भइरहेको, विद्यार्थी कम भएका विद्यालयहरुलाई गाभ्ने, शिक्षक नियुक्ती लगायतका योजना समेत कार्यान्वयनमा समस्या र शैक्षिक योजना बनाएर अनिवार्य नेपालभाषा अध्यापन गराउनको लागि पहल गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखि कार्यक्रमहरु सञ्चालनमा ल्याइने उनले बताए।











