Kathmandu Press

मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

काठमाडौं, असार १ : वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको...
मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

काठमाडौं, असार १ : वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ। 

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ ।  प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जानकारी दिए। स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेको उनले जानकारी दिए।  

उनका अनुसार अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये  प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउने  छ । यस सम्बन्धी प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उनले बताए। प्रतिष्ठानले अब पहिलो शैक्षिकसत्रमा अनुमति प्राप्त गरेको तीन विधामा अध्यापन शुरु गराउने छ ।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्