Kathmandu Press

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

मान्म, असार १ : लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।  सुर्खेत–जुम्ला सडकका  ठाउँ–ठाउँमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। दैलेखको...
पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

मान्म, असार १ : लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।  

सुर्खेत–जुम्ला सडकका  ठाउँ–ठाउँमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। 

दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ।

आज पहिरो पन्छाए  पनि वर्षा नरोकिएकोले पुनः अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।

‘राजमार्ग अवरूद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन्’,उनले भने, ‘वर्षा नरोकिएका कारणले पहिरो पन्छाएपनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ।’ रासस
 

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्