Kathmandu Press

चार अस्पताललाई शाङ्पा फाउण्डेशनको सहयोग

बनेपा, असार १ : काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत देशका चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला...
चार अस्पताललाई शाङ्पा फाउण्डेशनको सहयोग

बनेपा, असार १ : काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत देशका चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला संक्र्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि सांघाई जेड बुद्ध मन्दिर ९चाइना०, सांघाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेंकलङ फाउण्डेशन (सिंगापुर)को सहयोगमा सांघाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सामग्री हस्तान्तरण गरिएको हो।

कोरोना संक्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पु¥याएको फाउण्डेशनले जनाएको छ। उपलब्ध सामग्रीमा ५ सय थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क,  २३ हजार ४७५ थान एन–९९ र एन–९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, आठ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ। 

बेइजिङस्थित नेपाली राजदूतावास, सांघाईस्थित नेपाली वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताए। 

प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ। 

यसरी ठूला चार अस्पतालमा गरी फाउण्डेशनले ५ करोड १२ लाख ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ। 

प्रकाशित मिति: ११:०० बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्