युरोकप : स्वीडेनसँग रोकियो स्पेन
काठमाडौं, असार १ : स्पेन युरोकपको सुरुआतीका खेलमा बराबरीमा रोकिएको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा फिनिसिङमा चुक्दा तीन पटकको च्याम्पियन स्पेन स्वीडेनसँग...
काठमाडौं, असार १ : स्पेन युरोकपको सुरुआतीका खेलमा बराबरीमा रोकिएको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा फिनिसिङमा चुक्दा तीन पटकको च्याम्पियन स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।
समूह इको खेलमा स्पेनले स्वीडेनमाथि अधिकांश समय दबाबमा बनायो, तर फिनिसिङमा चुक्यो । उसका अल्भारो मोराटा, कोके, डानी ओल्मो र जेडार्ड मोरोनले सुन्दर अवसर गुमाए । यता, स्वीडेनका अजेक्जेन्डर इसाक र मार्कस ब्रेडले पनि पाएको मौका सदुपयोग गर्न सकेनन्।
खेलमा स्पेनले ८६ प्रतिशत बल पोजेसन बनाउँदै स्वीडेनको पोस्टमा १७ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो । यता स्वीडेनले ४ सट प्रहार गर्दा १ सट फ्रेममा थियो।
समूह इको पहिलो खेलमा पोल्यान्डलाई हराएको स्लोभाकियाले ३ अंकसहित शीर्ष स्थानमा छ । स्पने र स्वीडेन समान १ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्
प्रकाशित मिति: १०:२४ बजे, मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











