Kathmandu Press

दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

ओदलढुंगा, असार १ : पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गरेका छन्। रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ। 

त्यस्तै नेता खतिवडाले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराएका छन्। उनले कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच जिल्लालाई गरिएको उक्त सहयोगले सङ्क्रमण रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसअघि जिल्लास्थित नेपाली सेनालाई उनले १३८ पिपिइ सेट र १० शव व्यवस्थापन गर्ने झोला तथा नेपाली प्रहरी र स्थानीय तहलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरिसकेका छन्। रासस

प्रकाशित मिति: १०:१० बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्