Kathmandu Press

सिआरएस कम्पनीले सञ्चालनमा ल्यायो ‘मेरी सँगिनी’ एप

काठमाडौं, जेठ ३१ : नेपाल सिआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी सँगिनी’ नामक मोबाइल एप सुरु गरेको छ।अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुको...
सिआरएस कम्पनीले सञ्चालनमा ल्यायो ‘मेरी सँगिनी’ एप

काठमाडौं, जेठ ३१ : नेपाल सिआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी सँगिनी’ नामक मोबाइल एप सुरु गरेको छ।

अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी दिने उद्देश्यले ‘मेरी सँगिनी’ मोबाइल एप सुरु गरिएको कम्पनीले जनाएको छ।

उक्त एप प्रयोग गरी अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरुसम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्ने नकारात्मक असरहरुबारे समेत जानकारी प्राप्त गर्न सकिने कम्पनीको दाबी छ।

विशेषत: किशोर तथा किशोरी एवं नवविवाहिता जोडीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त एपबाट जोकोहीलेसजिलै प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। 

यस एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने  औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्सा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवासमेत लिन मदत गर्ने कम्पनीले जनाएको छ।

नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्तामाझ सही र अद्यावधिक  सूचनाको  पहँुच बढाउनमा संचार प्रविधिको ठूलो महत्व रहेको बताउँछन्।

साथै यस एपमार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायकसँग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीलाई सेवाको पहुँच बढाई परिवार योजना  सेवाको अपूर्ति माग घटाउनसमेत मदत पुग्ने उनले बताए। 

मेरी सँगिनी एप युएसएआइडीको आर्थिक एवं एप्स प्लसको प्राविधिक  सहयोग तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा नेपाल सिआरएस कम्पनीद्वारा निर्माण गरिएको हो।
 

प्रकाशित मिति: १७:४० बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्