Kathmandu Press

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिति

बेइजिङ, जेठ ३१ :  सुन बहुमूल्य धातु हो । यसबाट तत्काल नगद प्रापत गर्न सकिने भएकाले यसको बेग्लै महत्व रहेको पाइन्छ।जो व्यक्तिसँग र...
चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिति

बेइजिङ, जेठ ३१ :  सुन बहुमूल्य धातु हो । यसबाट तत्काल नगद प्रापत गर्न सकिने भएकाले यसको बेग्लै महत्व रहेको पाइन्छ।

जो व्यक्तिसँग र जुन देशसँग धेरै सुन छ, त्यसलाई धनी मानिन्छ। त्यसकारण यसको वैध-अवैध दुवै किसिमले कारोबार पनि हुँदे आएको छ। धेरै सुन सञ्चिति भएको राष्ट्रमध्ये चीन पनि एक हो।  

यसैबीच चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा १ हजार ७ सय ५३ मेट्रिक टन रहेको यहाँको केन्द्रीय बैंकले जनाएको छ।यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाइ छ।

यस्तै चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्