Kathmandu Press

सांसद वैद्यलाई पक्राउ गर्न माग गर्दै ज्ञापनपत्र

काठमाडौं, जेठ ३१ : एमालेसम्बद्ध १० वटा जनसंगठनका प्रतिनिधिले प्रधानमन्त्री कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्।वैद्यले प्रधानमन्त्री...
सांसद वैद्यलाई पक्राउ गर्न माग गर्दै ज्ञापनपत्र

काठमाडौं, जेठ ३१ : एमालेसम्बद्ध १० वटा जनसंगठनका प्रतिनिधिले प्रधानमन्त्री कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्।

वैद्यले प्रधानमन्त्री केपी ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएको.भन्दै उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी उनलाई अविलम्ब गिरफ्तार गरी कारबाही गर्न माग गरेका हुन्।

उनीहरूले मन्त्री अधिकारीलाई ज्ञापनपत्र नै बुझाएका छन्। वैद्यमाथि फौजदारी कानुनसमेत आकर्षित हुने उनीहरूको भनाइ छ।

आफ्नो सांसदले आपत्तिजना अभिव्यक्ति दिँदा पनि कांग्रेसले मौनता साँधेको उनीहरूले बताएका छन्। ज्ञापनपत्रमा भनिएको छ, ‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं।’

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

हेर्नुहोस् ज्ञापनपत्र

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्