Kathmandu Press

उच्च रक्तस्रावले ओखलढुंगामा सुत्केरीको मृत्यु

उच्च रक्तस्रावले ओखलढुंगामा सुत्केरीको मृत्यु

ओखलढुंगा, जेठ ३१ : उच्च रक्तश्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ।

शिशुलाई जन्म दिएसँगै भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका-६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो। 

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो। अस्पताल नलगी स्थानीय पेसा पेसला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तश्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिए।

कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १५:१० बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्