Kathmandu Press

नफ्ताली बेनेट इजरायलका नयाँ प्रधानमन्त्री 

जेरुशलेम, जेठ ३१ : नफ्ताली बेनेट इजरायलका नयाँ प्रधानमन्त्री भएका छन्।बेन्जामिन नेतान्याहुले विश्वासको मत प्राप्त नगरेपछि नफ्ताली बेनेट नयाँ गठबन्धको सरकारबाट सोमबार इजरायलका...
नफ्ताली बेनेट इजरायलका नयाँ प्रधानमन्त्री 

जेरुशलेम, जेठ ३१ : नफ्ताली बेनेट इजरायलका नयाँ प्रधानमन्त्री भएका छन्।

बेन्जामिन नेतान्याहुले विश्वासको मत प्राप्त नगरेपछि नफ्ताली बेनेट नयाँ गठबन्धको सरकारबाट सोमबार इजरायलका नयाँ प्रधानमन्त्री भएका हुन्। 

Hardik ivf

इजरायलको नेसेट (संसद) मा नेतान्याहुलाई ५९ संसदले समर्थन गरेका थिए भने बेनेटको पक्षमा ६० संसदको समर्थन रहेको छ।

नयाँ गठबन्धनको सरकारले बहुमत प्राप्त गरेसंगै पूर्व प्रधानमन्त्री नेतान्याहु आफ्नो १२ वर्षको कार्यकालबाट पदमुत्त भएका छन्। इजरायलमा बेनेटको यामिना पार्टी र यश अतिड पार्टीबिचको गठबन्धनमा नयाँ सरकार गठन भएको हो।

बेनेटले दुई वर्षसम्म प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालने छन् भने बाँकी तीन वर्षका लागी यश आतीड पार्टीका प्रमुख याहिर लापिडलाई प्रधामन्त्रीको कार्यभार सुम्पिने छन्। 

‘यो शोक गर्ने समय होइन। लोकतन्त्री ढंगले सरकार परिवर्तन भएको हो,’ बेनेटले भने, ‘हामी इजरायल र जनताको हितका लागी लागी हाम्रो तर्फबाट यथाशत्तिले सकेसम्म काम गर्नेछौं।’

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्