Kathmandu Press

चीनद्वारा अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण

बेइजिङ, जेठ ३१ : चीनले दक्षिण एसियाको एक द्वन्द्वग्रस्त देश अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ।आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद...
चीनद्वारा अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण

बेइजिङ, जेठ ३१ : चीनले दक्षिण एसियाको एक द्वन्द्वग्रस्त देश अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ।

आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको बताइएको छ।
 
आइतबार आयोजना गरिएको सो समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका बताइएको छ।

अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले सो खोप अफगानिस्तानको सरकारका स्वास्थ्यमन्त्री र प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन्।
 
त्यस समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताउका थिए। राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताए।

विगतमा पनि समस्यामा परेका समयमा चीनले आफूहरुलाई धेरै सहयोग गर्दै आएको बताउँदै उनले यसबाट अफगानिस्तान र चीनबीचमा राम्रो र सुमधुर सम्बन्ध रही आएको प्रमाणित हुने पनि बताए।

त्यस समारोहमा चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए। उनले कोरोना भाइरसविरुद्ध लड्न चीनले अफगानिस्तानलाई सहयोग जारी राख्ने बताउका थिए।

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्