दुईजना मृत अवस्थामा भेटिए
काठमाडौं, जेठ ३१ : इलाम र कास्कीमा गरी दुईजना मृत भेटिएका छन्।इलामको रोङ गाउँपालिका-४ बिरिङ खोलास्थित बालुवा निकालेको खाल्टोमा झापा बुद्दशान्ति गाउँपालिका-१ बस्ने...
काठमाडौं, जेठ ३१ : इलाम र कास्कीमा गरी दुईजना मृत भेटिएका छन्।
इलामको रोङ गाउँपालिका-४ बिरिङ खोलास्थित बालुवा निकालेको खाल्टोमा झापा बुद्दशान्ति गाउँपालिका-१ बस्ने २७ वर्षीय रमेश दर्जी आइतबार मृत अवस्थामा फेला परेका छन्।
घरबाट उक्त खोलामा ढुंगा बटुल्न जान्छु भनी हिँडेका उनको उक्त खाल्टोमै शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-२७ भगवती हाइड्रोपावरनजिक सोही महानगरपालिका-२६ चण्डी चोक बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-६ घर भएका ७५ वर्षीय देवीलाल छन्त्याल आइतबार मृत अवस्थामा फेला परेका छन्।
यी दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १३:०७ बजे, सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)