Kathmandu Press

बालिका बलात्कार आरोपमा एकजना पक्राउ  

बालिका बलात्कार आरोपमा एकजना पक्राउ  

कञ्चनपुर, जेठ ३१ : ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

गुरुङले ती बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय  गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्