पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता
काठमाडौं, असार ११ : पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेको आन्दोलन फिर्ता लिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री म....

काठमाडौं, असार ११ : पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेको आन्दोलन फिर्ता लिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने आश्वासनपछि महासंघले बुधबार आन्दोलन फिर्ता लिएको हो। बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री यादव र ढुवानी व्यवसायीबीच छलफल भएको थियो।
छलफलमा मन्त्री यादवले तत्काल मूल्य अभिवृद्धि कर नलगाउने जनाएपछि आन्दोलन फिर्ता लिइएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले जानकारी दिए।
‘मूल्य अभिवृद्धि कर लागू गर्ने समयसीमा बढाउने मन्त्रीज्यूले प्रतिबद्धता जनाउनु भएको छ। त्यसैले हामीले घोषणा गरेको आन्दोलन फिर्ता लिएका हौं,’ उनले भने।
सरकारले आर्थिक वर्ष ०७६–०७७ को बजेटमा ढुवानी व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो। भाटमा दर्ता हुन सरकारले व्यवसायीलाई असार १३ गतेसम्मको समयसीमा दिएको थियो।
तर, समयसीमा छोटो भएकाले तत्काल भ्याटमा दर्ता गर्न समस्या पर्ने भन्दै ढुवानी व्यवासायीले म्याद थप नगरेर ढुवानी थप पार्ने चेतावनी दिँदै आन्दोलनको घोषणा गरेका थिए।
नेपालमा देशभर झण्डै दुई हजार ट्याङ्करले पेट्रोलियम पदार्थको डुवानी गरिरहेका छन्। तर, यीमध्ये झण्डै डेढ सय ट्यांकरमात्रै भ्याटमा दर्ता भएको नेपाल आयाल निगमले जनाएको छ।










-1754206481.jpg)
