Kathmandu Press

पूर्वसांसद एवं कांग्रेस नेता अधिकारीको निधन

काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।सात वर्षयता मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यान परेका...
पूर्वसांसद एवं कांग्रेस नेता अधिकारीको निधन

काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।

सात वर्षयता मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यान परेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो।

आइतबार राति ११ बजे उनको निधन भएको कांग्रेस लमजुङ-काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले बताए। 

१९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ-२ बाट निर्वाचित भएका थिए। स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले अधिकारीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। 'का|ग्रेस नेता एवं पूर्वसांसद अधिकारीक‍ो निधनको खबरले निकै दुःखी भएको छु,' देउवाले भनेका छन्, 'उहाँको निधनले कांग्रेसले एक असल नेता गुमाएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्