झापामा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या तीन सय पुग्याे
झापा, जेठ ३१ : झापामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतबारसम्म १२...
झापा, जेठ ३१ : झापामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतबारसम्म १२ हजार २ सय ४२ जनामा संक्रमण पुष्टी भएको छ।
यस्तै, दमक नगरपालिकामा मात्रै कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको हो।
दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म एक हजार ५ सय १२ जना संक्रमति भएका छन् भने तीमध्ये १ हजार १ सय ३७ जना सङ्क्रमण मुक्त भइसकेका छन्।
प्रकाशित मिति: ११:०३ बजे, सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











