निषेधाज्ञामा होटल खोलेको आरोपमा ४ लाख जरिवाना

काठमाडौं, जेठ ३० : निषेधाज्ञाको अवज्ञा गर्दै होटल खोलेको आरोपमा काठमाडौं जिल्ला प्रशासनले त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई व्यक्ति भए १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार होटलमा सेवाग्राही आठ जनालाई पनि १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको जनाइएको छ।
यसअघि काठमाडौं प्रशासनले निषेधाज्ञाबीच डिपार्टमेन्ट स्टोर खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटका म्यानेजरलाई पनि जरिवाना तिराएको थियो।
प्रकाशित मिति: १७:४६ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











