चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु
वुहान, जेठ ३० : चीनको हुबे प्रान्तको सियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी व्यक्ति घाइते भएका...
वुहान, जेठ ३० : चीनको हुबे प्रान्तको सियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ।
खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा विस्फोट स्थलमा भेटिएका १ सय ५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन्।
सियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो। बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो ।
खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन्।
प्रकाशित मिति: १४:५१ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












