पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पोखरा–स्याङ्जा खण्ड एकतर्फी रूपमा सञ्चालन
स्याङ्जा, जेठ ३० : पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गका पोखरा–स्याङ्जा खण्ड झण्डै पाँच धन्टा पछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। आज (आइतबार) बिहान...
स्याङ्जा, जेठ ३० : पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गका पोखरा–स्याङ्जा खण्ड झण्डै पाँच धन्टा पछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। आज (आइतबार) बिहान साढे ६ बजेदेखि उक्त सडक अवरुद्ध थियो।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार माथिबाट चट्टानसहित झरेको पहिराले गर्दा सिद्धार्थ राजमार्गको सो खण्ड अवरुद्ध बनेको थियो।
पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएको थियो। अहिले सवारी साधन पालैपालो गन्तव्यतर्फ लागेका छन् भने भने दुईतर्फी खुलाउन पहल भइरहेको बताइएको छ।
प्रकाशित मिति: १४:२३ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












