Kathmandu Press

सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

वालिङ, जेठ ३० : आज बिहानदेखि अवरूद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ।बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट...
सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

वालिङ, जेठ ३० : आज बिहानदेखि अवरूद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ।

बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरूपमा अवरूद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा(स्याङ्जा सडकखण्ड अवरूद्ध बन्न पुगेको थियो।

भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा पहिरो झरेको थियो। पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले त्यहाँ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

अहिले एकतर्फी खोलेर पुनः सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउन पहल भइरहेकाले अझै केही समय लाग्नेछ। रासस

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्