पहिराले भीमदत्त राजमार्ग अवरूद्ध
डोटी, जेठ ३० : गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरूद्ध भएको छ।सडक माथिबाट...
डोटी, जेठ ३० : गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरूद्ध भएको छ।
सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरूद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ।
पहिराले राजमार्ग अवरूद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन्।
सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिए।
जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ–ठाउँमा पहिरो आएर सडक अवरूद्ध भएको बताइएको छ। रासस
प्रकाशित मिति: १२:४६ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











