Kathmandu Press

कीटनाशक औषधि प्रतिबन्धबारे स्विटजरल्यान्डमा आज जनमतसंग्रह

बर्न, जेठ ३० : स्विटजरल्यान्डमा कृत्रिम किटनाशक औषधिको प्रयोगमा प्रतिबन्ध गर्ने विषयमा आज (आइतबार) जनमतसंग्रह हुँदै छ ।रासायनिक किटनाशक औषधि प्रतिबन्ध गर्नुपर्छ भन्ने...
कीटनाशक औषधि प्रतिबन्धबारे स्विटजरल्यान्डमा आज जनमतसंग्रह

बर्न, जेठ ३० : स्विटजरल्यान्डमा कृत्रिम किटनाशक औषधिको प्रयोगमा प्रतिबन्ध गर्ने विषयमा आज (आइतबार) जनमतसंग्रह हुँदै छ ।

रासायनिक किटनाशक औषधि प्रतिबन्ध गर्नुपर्छ भन्ने पक्षमा जनमत आएमा स्विटजरल्यान्ड कृत्रिम किटनाशक औषधिको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने विश्वको दोस्रो मुलुक हुनेछ।

यसअघि भुटानले पूर्ण रुपमा रासायनिक कीटनाशक ओषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यस जनमतसंग्रहको उद्देश्य १० वर्षभित्र कृत्रिम कीटनाशकको प्रयोगमा निषेध गर्नु हुनेछ।

प्रतिबन्धका समर्थकहरूका अनुसार रासायनिक किटनाशक औषधि उत्पादनले स्वास्थ्य र वातावरणमा खतरा उत्पन्न गरेको छ। 

पेस्टिसाइड्स इनिसिएटिभका सहलेखक एन्टोनेट गिलसनका अनुसार कीटनाशकको प्रयोग रोक्न महत्वपूर्ण छ, जसले वर्तमान समयमा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गरेको र भविष्यका लागि स्वास्थ्य समस्याहरू भण्डारण गरिरहेको छ।

कृत्रिम कीटनाशकले स्विटजरल्यान्डको पानीलाई प्रदूषित गरिरहेको भन्दै मतदाताहरूले छुट्टै पिउने पानीको मुद्दामा पनि मतदान गर्ने छन् । 

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्