घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार
रौतहट, जेठ ३० : रौतहटमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिकाकी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि सुन व्यवसायीसमेत...
रौतहट, जेठ ३० : रौतहटमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिकाकी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिकले एसिड प्रहार गरेका थिए।
एसिड प्रहार गरेको आरोपमा प्रहरीले दीपकलाई शनिबार नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।
दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा एसिड परेको छ। एसिडले शरीरका छाला बिग्रेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
घरायसी विवाद भएपछि श्रीमानले सुन पसलमा काम गर्दा प्रयोग गर्ने एसिडले छ्यापेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बायाँ हात र पेटमा एसिड परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दीपिकाको अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति: १२:१४ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











