Kathmandu Press

भारतमा कोभिड–१९ विरुद्धको खोप २५ करोड बढीले लगाए  

नयाँ दिल्ली, जेठ ३० : भारतमा हालसम्म २५ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार खोप अभियान सञ्चालन...
भारतमा कोभिड–१९ विरुद्धको खोप २५ करोड बढीले लगाए  

नयाँ दिल्ली, जेठ ३० : भारतमा हालसम्म २५ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार खोप अभियान सञ्चालन गरेको एक सय ४८ औं दिनमा ३१ लाख ६७ हजार मानिसलाई खोप लगाइएको छ। 

यसमध्ये करिब २८ लाख ११ हजार मानिसले खोपको पहिलो डोज लगाएका थिए भने करिब तीन लाख ५६ हजारले खोपको दोस्रो डोज लगाएका थिए। 

स्वास्थ्य मन्त्रालयले १८ वर्ष देखी ४४ वर्ष उमेर समूहका चार करोड भन्दा बढी मानिसलाई हालसम्म खोप लगाएको बताएको छ। 

त्यस्तै, १८ देखी ४४ वर्ष उमेर समुहका करिब १८ लाख ४५ हजारले शनिबार खोपको पहिलो डोज लगाएका छन् भने एक लाख १२ हजार भन्दा बढीलाई दोस्रो डोज लगाइएको छ । 

स्वास्थ्य मन्त्रालयले मुलुकभर हालसम्म २० करोड ४६ लाखले खोपको पहिलो डोज लगाएका र चार करोड ८२ लाख मानिसले खोपको दोस्रो डोज लगाएको जनाएको छ। 

प्रकाशित मिति: ११:०८ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्