Kathmandu Press

सिद्धार्थ राजमार्गमा पहिलो, यातायात अवरुद्ध

स्याङ्जा, जेठ ३० : स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्थानीय वासिन्दाका अनुसार गएरातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको...
सिद्धार्थ राजमार्गमा पहिलो, यातायात अवरुद्ध
Hardik ivf

स्याङ्जा, जेठ ३० : स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। 

स्थानीय वासिन्दाका अनुसार गएरातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको हो। गएराति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। 

सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए। अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भइरहेको छ।
 

प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्