Kathmandu Press

फेदीखोला गाउँपालिकाको योजना- ‘एक शिक्षक एक ल्यापटप’

फेदीखोला, असार ११ : स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपरिषद् बैठकमा ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम अघि सारेको छ।

गाउँ....

फेदीखोला गाउँपालिकाको योजना- ‘एक शिक्षक एक ल्यापटप’

फेदीखोला, असार ११ : स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपरिषद् बैठकमा ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम अघि सारेको छ।

गाउँपरिषद्मा पेश भएको बजेट अनुसार, गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयका एक सय ५० शिक्षकलाई गाउँपालिका, विद्यालय र शिक्षकको साझेदारीमा ल्यापटप प्रदान गरिनेछ।

Hardik ivf

जसअन्र्तगत कुल रकमको ३० प्रतिशत अनुदान गाउँपालिकाले प्रदान गर्ने र ७० प्रतिशत विद्यालयले साझेदारी गर्नेछ।

नयाँ आर्थिक वर्षबाट विद्यालयलाई कागजबिहीन (पेपरलेस) बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा शैक्षिक व्यवस्थापन प्रणाली सफ्टवेयर लागू गरिनेछ। प्रत्येक शिक्षकलाई प्रविधिमैत्री र सफ्टवेयरमा सिपालु बनाउन ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सुरु गरिने जनाइएको छ।

गाउँ सभामा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख तीन हजारको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पूँजीगततर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन प्रस्ताव गरिएको जानकारी दिइन्।

चालूतर्फ नेपाल सरकारको सशर्त अनुदानबाट ११ करोड ८६ लाख र पालिकाको निशर्ततर्फ पाँच करोड ११ लाख गरि १६ करोड ९७ लाख ३७ हजार विनियोजन गरिएको छ।

उपाध्यक्ष थापाका अनुसार, अनुमानित खर्चमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान सात करोड पाँच लाख तथा ससर्त अनुदानतर्फ ११ करोड ८६ लाख रहेको छ।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्