बोइङ ७५७ जहाज विक्री गर्दै नेपाल एयरलाइन्स
काठमाडौं, असार ११ : नेपाल वायुसेवा निगमले बोइङ–७५७ एसीबी सिरिजको जहाज विस्थापन गर्ने भएको छ।
पाँच महिनादेखि इन्जिनमा समस्या आएपछि ग्रा....

काठमाडौं, असार ११ : नेपाल वायुसेवा निगमले बोइङ–७५७ एसीबी सिरिजको जहाज विस्थापन गर्ने भएको छ।
पाँच महिनादेखि इन्जिनमा समस्या आएपछि ग्राउन्डेड जहाज विस्थापन गर्नका लागि निगमले बुधवार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। ३२ वर्ष पुरानो जहाज विस्थापनसंगै निगमले पूर्णरुपमा एयरबस जहाज मात्रै उडान गर्ने जनाएको छ।
दुइटा बोइङ जहाजमध्ये एउटा दुई वर्ष अघि नै गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले खरिद गरेका थिए। भट्टले १५ करोड रुपैयाँमा खरिद गरेको जहाज अझै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलमै छ।
निगमले अर्को जहाजको बिक्रीका लागि आज बोलपत्र निकाल्दै ४५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
यो जहाज इन्जिनमा समस्या आएपछि मर्मतको लागि सिंगापुर लगिएको थियो। जहाजको इन्जिन पूर्णरुपमा फेर्नुपर्ने गरी समस्या देखिएको भन्दैे विस्थापन गर्ने निर्णयमा निगम व्यवस्थापन पुगेको हो। गत महिना निगम सञ्चालक समितिले जहाज बिक्री गर्ने निर्णय गरेको थियो।
सिंगापुर मर्मतमा लागिएको जहाजको इन्जिनको समस्मया समाधान गर्न स्पेनबाट समेत प्राविधिक मगाइएको थियो। तर, त्यसको समस्या पहिचान नभएपछि विस्थापननै उपयुक्त विकल्प भन्दै निगमले बिक्री गर्ने प्रक्रिया सुरू गरेको हो।
नयाँ इन्जिन फेर्नको लागि कम्तीमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको र पुरानो पनि भएकाले निगम व्यवस्थापन विस्थापन गर्ने तयारीमा जुटेको थियो।
सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि जहाज बोइङ–७५७ एसीएर एसीबी सिरिजका दुइटा जहाज खरिद गरेको थियो।
एक सय ९० सिट क्षमताको बोइङ–७५७ मार्फत निगमले ३२ वर्षदेखि उडान गरिरहेको थियो।
लामो रुटमा बोइङनै उत्तम जहाज भएकाले पनि तत्काल विस्थापनभन्दा पनि मर्मत गरेर अधिकतम फाइदा लिने रणनीतिमा निगम लागेको थियो।
२०५० मा दुई बोइङ ९–एनवीएन विमानलाई कौडीको भाउमा जर्मनीमा बेचिएको थियो। उक्त समयमा युरोपमा उडिरहेका ति दुवै विमान मात्र १२ करोड रुपैयामा बेचिएका थिए।
यसैलाई आधार मानेर निगम संचालक समितिले निगमलाई जहाज धेरै आवश्यक रहेकाले विस्थापनभन्दा पनि मर्मत गरेर फाइदा लिनेमा लागेको थियो।
सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो। त्यसको २७ वर्षपछि दुइटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
गत वर्ष निगमले दुइटा वाइडवडी जहाज खरिद गरेको छ। एयरवस ३३०–२०० सिरिजका जहाज निगम व्यवस्थापनले लामो रुटमा गन्तव्य लिन नसक्दा छोटो रुटमा उडान गरिरहेको छ।
निगमले हाल चार जहाजमार्फत नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ।










-1754206481.jpg)
