Kathmandu Press

बालाजुमा पैदल हिँडिरहेकी महिलाको सिक्री लुटपाट

काठमाडौं, जेठ २९ : बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट एक तोला सुनको सिक्री लुटपाट गर्ने एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा...
बालाजुमा पैदल हिँडिरहेकी महिलाको सिक्री लुटपाट
Hardik ivf

काठमाडौं, जेठ २९ : बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट एक तोला सुनको सिक्री लुटपाट गर्ने एकजना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्यूठान झिमरुक गाउँपालिका(१ घर भएका २८ वर्षीय नवीन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ चमती विनायक बस्तीबाट उनलाई सिक्रीसहित पक्राउ गरेको हो।

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्