गोरु काटेको आरोपमा बाग्लुङमा १० जना पक्राउ
बाग्लुङ, जेठ २९ : गोरु काटेको आरोपमा बागलुङबाट शुक्रबार बेलुका १० जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा गल्कोट नगरपालिका-११ ठुलपोखरी बस्ने ३१ वर्षीय विष्णु...
बाग्लुङ, जेठ २९ : गोरु काटेको आरोपमा बागलुङबाट शुक्रबार बेलुका १० जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गल्कोट नगरपालिका-११ ठुलपोखरी बस्ने ३१ वर्षीय विष्णु श्रीषलगायत अन्य १० जना रहेको प्रहरीले जनाएको छ।
गोरु काटी मासु खाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई ६ केजी गोरुको मासुसहित पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:४८ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











