Kathmandu Press

कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ

कपिलवस्तु, जेठ २९ : प्रहरीले १ थान एकनाले कुटुवा पेस्तोल र २ थान जंगी राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका-१...
कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ

कपिलवस्तु, जेठ २९ : प्रहरीले १ थान एकनाले कुटुवा पेस्तोल र २ थान जंगी राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोल बस्ने मैसिन भन्ने ३३ वर्षीय पूर्णवीर पाल्पाली (कुम्हाल) शनिबार बिहान पक्राउ परेका हुन्।

कपिलवस्तु-१ बस्ने दीपक पाण्डेयलाई जेठ ५ गते साकिर पाखिनसमेतले गोली हानी घाइते बनाई कर्तव्य गरी मारेको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्णवीरलाई उनकै कोठाबाट हतियारसहित पक्राउ गरेको हो ।  

यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:४३ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्