स्कुटर बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु
काठमाडौं, जेठ २९ : काठमाडौंको बसुन्धास्थित एक पोलमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।मृत्यु हुने स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका-२२ घर भई काठमाडौंको...
काठमाडौं, जेठ २९ : काठमाडौंको बसुन्धास्थित एक पोलमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुने स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका-२२ घर भई काठमाडौंको मनमैजु बस्दै आएका ३३ वर्षीय रोहन त्रिपाठी रहेको प्रहरीले जनाएको छ।
शुक्रबार राति बा३४प १७५२ नम्बरको स्कुटर अनियन्त्रित भई पोलमा ठोकिएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका त्रिपाठीको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:१३ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











