Kathmandu Press

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

इस्लामावाद, जेठ २९ : पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्।सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै...
तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

इस्लामावाद, जेठ २९ : पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्।

सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्। 

Hardik ivf

उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ।

गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ।

आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ।  

प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । दश प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् । 

‘सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ,’ एक कर्मचारी नेताले भने ।  

कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले ऐक्वबद्धता जनाएका छन् । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत उनी शुक्रबार बेलुका सहभागी भएका थि। 

प्रकाशित मिति: १३:४२ बजे, शनिबार, जेठ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्