Kathmandu Press

युरोकपमा इटालीको शानदार सुरुवात

काठमाडौं, जेठ २९ : १६औं संस्करणको युरोकपमा इटालीले सानदार सुरुवात गरेको छ। कोरोना महामारीका कारण १ वर्ष ढिला गरी सुरु भएको युरोकपको उद्घाटन खेलमा...
युरोकपमा इटालीको शानदार सुरुवात

काठमाडौं, जेठ २९ : १६औं संस्करणको युरोकपमा इटालीले सानदार सुरुवात गरेको छ। कोरोना महामारीका कारण १ वर्ष ढिला गरी सुरु भएको युरोकपको उद्घाटन खेलमा टर्कीलाई ३–०ले हराउँदै इटालीले सानदार सुरुआत गरेको हो।

पूर्व च्याम्पियन्स इटालीको यो युरोकपको अहिलेसम्मकै फराकिलो जित हो। उसले अहिलेसम्म एकै खेलमा २ भन्दा बढी गोल गर्न सकेको थिएन्। रोबर्टो मान्सिनीको प्रशिक्षमा उत्कृष्ट प्रदर्शन गरिहेको इटालीले त्यसलाई युरोकपमा पनि निरन्तरता दिएको छ। उसको अपराजित यात्रा २८खेलसम्म पुगेको छ। ती खेलमा उसले २३ जित र ५ बराबरी खेलेको छ। अन्तिम पटक उ सन् २०१८मा पोर्चुगलसँग पराजित भएको थियो।

घरेलु मैदान रोमस्थित ओलम्पिक रंगशालामा इटालीलाई जित दिलाउन सिरो इम्मोबाइल र लरेन्जो इनसिग्नेले गोल गरे । अर्को गोल भने इटालीले आत्मघाती उपहार पाएको थियो । 

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ५३औं मिनेटमा आत्मघाती गोलमार्फत इटालीले सुरुआती अग्रता लियो । ५३औं मिनेटमा मेरिह डेमिरलले आत्मघाती गोल गरेका थिए । ६६औ मिनेटमा इम्मोबाइलले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे भने ७९औं मिनेटमा इनसिग्नेले गोल गरेपछि इटालीले सहज जित निकाल्याे।

प्रकाशित मिति: १०:५५ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्