Kathmandu Press

दाङको लमहीमा अज्ञात समूहद्वारा सवारी साधन तोडफोड

बुटवल, जेठ २९ : दाङको लमहीमा पार्किङ गरिराखेका सवारी साधनमा अज्ञात समूहले तोडफोड गरेको छ। प्रहरीका अनुसार लमहीको विभिन्न स्थानमा पार्किङ गरी राखेका आधा...
दाङको लमहीमा अज्ञात समूहद्वारा सवारी साधन तोडफोड

बुटवल, जेठ २९ : दाङको लमहीमा पार्किङ गरिराखेका सवारी साधनमा अज्ञात समूहले तोडफोड गरेको छ। प्रहरीका अनुसार लमहीको विभिन्न स्थानमा पार्किङ गरी राखेका आधा दर्जन सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको हो।

लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्‍याएको छ । यसैगरी सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।

राति १२ बजेदेखि एक बजेको बिचमा सवारी साधनहरुमा तोडफोड भएको र प्रहरीकहाँ बिहान मात्र त्यसको सूचना आएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनामा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: १०:५० बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्